Like us!
Follow us!
Connect us!
Watch us!

पर्यटन व्यवसायतर्फ सर्वाधिक विदेशी मुद्रा आर्जन गर्ने कम्पनीहरु सम्मानित

अर्थ संसार

विहीबार, ११ असोज २०८०, १६ : ५४ मा प्रकाशित

पर्यटन व्यवसायतर्फ सर्वाधिक विदेशी मुद्रा आर्जन गर्ने कम्पनीहरु सम्मानित

विश्व पर्यटन दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघिल्लो वर्ष पर्यटन व्यवसायका विभिन्न क्षेत्रमा सर्वाधिक विदेशी मुद्रा आर्जन गर्ने कम्पनीहरुलाई सम्मानित गरेको छ ।

मन्त्रालयले बुधबार ट्रेकिङ कम्पनी, ट्राभल एन्ड टुर्स कम्पनी, होटल तथा रिसोर्ट कम्पनी, साहसिक खेलकुद कम्पनी, वायुसेवा कम्पनी, एग्रो टुरिजम तथा होमस्टेतर्फ छुट्टाछुट्टै कम्पनीलाई योगदानका आधारमा सम्मानित गरेको हो । यसैगरी विश्वका ८ हजार मिटर भन्दा अग्ला १४ हिमाल ९२ दिनमा आरोहण गरी कीर्तिमान राखेका क्रिष्टिन हारिला र लामा तेन्जान शेर्पालाई पनि मन्त्रालयले सम्मनित गरेको छ ।

सम्मानित हुने ट्रेकिङ कम्पनीमा सेभेन समिट ट्रेक्स प्रालि रहेको छ । यसैगरी ट्राभल्स एन्ड टुर्सतर्फ सीता वर्ल्ड ट्राभल नेपाल प्रालि, होटल तथा रिसोर्टतर्फ एभरेष्ट हस्पिटालिटी एण्ड होटल, साहसिक खेलतर्फ पोखरा अष्ट्रालाईट प्रालि, एयरलाइन्स कम्पनीतर्फ नेपाल वायुसेवा निगम, एग्रो टुरिजमतर्फ लुम्बिनी ग्रीन रिसोर्ट शिवराज कपिलवस्तु र होमस्टेतर्फ अमलटारी होमस्टे नवलपरासी सम्मानित भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको