Like us!
Follow us!
Connect us!
Watch us!

रिचेत हाइड्रोले आइपिओ निष्कासनका लागि माग्यो अनुमति

अर्थ संसार

शुक्रबार, १२ असोज २०८०, १५ : ०० मा प्रकाशित

रिचेत हाइड्रोले आइपिओ निष्कासनका लागि माग्यो अनुमति

गोरखा जिल्लामा पाँच मेगावाटको रिचेत खोला हाइड्रोपावर निर्माण सम्पन्न गरेको रिचेत हाइड्रो कम्पनीले आइपिओ निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीले भदौ २९ गते धितोपत्र बोर्डमा आइपिओ निष्कासनका लागि आवेदन दिएको थियो । २०७९ को माघ २८ गते भएको कम्पनीको पहिलो साधारणसभामा नै कम्पनीले आइपिओ निष्कासनको विशेष प्रस्ताव पारित गरेको थियो । कम्पनीले ११ लाख ७६ हजार ४ सय ५० कित्ता आइपिओ निष्कासन गर्न अनुमति मागेको हो ।

यस प्रारम्भिक निष्कासनको बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको