Like us!
Follow us!
Connect us!
Watch us!

मलखादको अभाव,किसान चिन्तित

आइतबार, १९ कार्तिक २०७४, १० : ३५ मा प्रकाशित

मलखादको अभाव,किसान चिन्तित

अर्थ संसार, लहान– हिउँदे बाली लगाउने समयमा रासायनिक मलखादको अभाव हुँदा  सिरहाका किसानहरू चिन्तित बनेका छन् । 

धान खेती स्याहार्दै गरेका किसानहरू तोरी, मसुरो दाल, आलु, गहुँलगायत हिउँदेखेती गर्ने तयारीमा रहेका बेला सिरहामा रासायनिक मलखादको आभाव हुँदा किसानहरू चिन्तित बनेका हुन् । 

सरकारले कृषि सामग्री कम्पनीमार्फत जिल्लामा आपूर्ति गर्ने मलखाद समयमा उपलब्ध गराउँदै आएकोमा यसपालि समयमा रासायनिक मलखाद नआउँदा जिल्लामा मलखादको अभाव भएको कृषि सामग्री कम्पनी लहानले जनाएको छ । 

स्टोरमा युरिया र पोटास केही मात्रामा रहे पनि डीएपी मल सकिएको कम्पनीले जनाएको छ । 

रासायनिक मलको अभावमा हिउँदे बाली बिग्रिने हो कि भने चिन्ता बढ्ेको किसानले बताएका छन् । बजारमा गुणस्तरीय मल छैन्, सिरहाको नहरा सिगौलका किसान सत्रुधन यादवले भन्नुभयो, ‘‘कृषि सामग्री कम्पनीमा जाँदा मलखाद आएको छैन, भन्दै फर्काउँदै आएको छ ।” 

अन्न भण्डारका रूपमा चिनिने सिरहामा सिँचाइको समस्या त छँदैछ त्यसमाथि मलखादको समेत अभाव हुदाँ खेतीपाती गर्न समस्या भइरहेको किसानको गुनासो छ । 

जिल्लामा मलको अभाव भएपछि किसान भारतबाट गुणस्तरहीन मलखाद ल्याउन बाध्य छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको