Like us!
Follow us!
Connect us!
Watch us!

सोनापुर मिनरल्सको आइपिओ ८८ प्रतिशत भन्दा बढीले सब्सक्राइब्ड

अर्थ संसार

मंगलबार, १६ असोज २०८०, १७ : १८ मा प्रकाशित

सोनापुर मिनरल्सको आइपिओ ८८ प्रतिशत भन्दा बढीले सब्सक्राइब्ड

आइतबारदेखि आवेदन खुलाइएको सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओ तेस्रो दिन साँझ ५ बजेसम्म ८८  प्रतिशत भन्दा बढीले सब्सक्राइब्ड भएको छ ।

सिडिएसका अनुसार आज (मङ्गलबार) साँझ ०५:०७ बजेसम्ममा ८५ लाख ६६ हजार ८ सय ४० कित्ताका लागि आवेदन परिसकेको छ । कुल ७ लाख ३२ हजार ९ सय ५३ जनाले उक्त संख्यामा कित्ता आवेदन माग गरेका हुन् । यस हिसाबले हेर्दा प्रति आवेदकले औसत ११.६८ कित्ताका आवेदन माग गरेका छन् ।

पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका आईपीओ निष्काशन बिक्री तथा बाँडफाँट सम्पन्न गरे संगै सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले अब सर्वसाधारणका लागि आईपीओ निष्काशन हिजो अर्थात असोज १४ गतेदेखि आईपीओ निष्काशन गरेको हो ।

सोनापुर मिनरल्सले आफ्नो जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपाली आइपीओ जारी गरेपश्चात कम्पनीले दोस्रो चरणमा प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणका लागि ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्काशन गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको