Like us!
Follow us!
Connect us!
Watch us!

१२ करोडको सीमा संशोधन गर्ने राष्ट्र बैंकको तयारी, बोर्ड बैठक बिहीबार र शुक्रबार

लोकेन्द्र ढकाल

मंगलबार, १६ असोज २०८०, २० : ३४ मा प्रकाशित

१२ करोडको सीमा संशोधन गर्ने राष्ट्र बैंकको तयारी, बोर्ड बैठक बिहीबार र शुक्रबार

नेपाल राष्ट्र बैंकले असोज १८ र १९ गते (विहीबार र शुक्रबार) लगातार दुई दिन राष्ट्र बैंक सञ्चालक समिति (बोर्ड) बैठक बोलाएको छ । गभर्नर महाप्रसाद अधिकारी असोज २० देखि ३० गतेसम्म अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन मोरक्को जाने तालिका रहेकाले असोज महिनामा बस्ने यो नै अन्तिम बोर्ड बैठक हुने राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंक स्रोतका अनुसार असोज महिना भित्र गर्नु पर्ने निर्णयहरु धेरै रहेकाले लगातार दुई दिन बोर्ड बैठक बोलाइएको हो । बोर्ड बैठक बिहान ८ बजेदेखि बस्ने छ । बैठकमा बैंक तथा वित्तीय नियमन लगायत थुप्रै एजेण्डामा छलफल हुनेछन् । 

राष्ट्र बैंक अहिले मौद्रिक नीतिको एकीकृत निर्देशिका जारी गर्ने अन्तिम तयारीमा जुटेको छ । असोज महिना भित्रै सार्वजनिक गर्नुपर्ने एकिकृत निर्देशिका लाई सकभर बोर्ड बैठक सगै निष्कर्षमा पुर्याउने गरी तयारी भईरहेको राष्ट्र बैंक स्रोतले अर्थ संसारलाई बतायो । स्रोत भन्छ, 'एकीकृत निर्देशिकाको अन्तिम तयारीमा हामी छौं, भ्याए शुक्रबारसम्म सक्छौं, नत्र असोज मसान्तसम्म हामीसँग समय छ ।'सबै विषयवस्तुमा छलफल नसकिए एकीकृत निर्देशिका गभर्नरको अनुपस्थितिमा निमित्त गभर्नरले पनि जारी गराउन सक्ने राष्ट्र बैंक बताउँछ । 

सेयर धितो कर्जामा लाग्दै आएको १२ करोडको सीमालाई एकीकृत निर्देशिका मार्फत सम्बोधन गर्ने राष्ट्र बैंकले तयारी गर्दै आएको छ । अहिले १२ करोडको सीमालाई संशोधन गर्न राष्ट्र बैंकलाई चौतर्फी दवाव परेको छ । राष्ट्र बैंक पनि बजारको माग र संशोधन गरेपछिको असरका बारे अध्ययन अनुसन्धानको निष्कर्ष नजिक रहेको स्रोत बताउँछ । 

राष्ट्र बैंक स्रोतका अनुसार एकीकृत निर्देशिकाको फाइनल शुक्रबार सम्म नसकिए १२ करोडको सीमाका सम्बन्धमा बोर्ड बैठक निर्णयबाट सर्कुरल जारी हुनसक्ने सम्भावना धेरै रहेको बताउँछ । राष्ट्र बैंक उच्च स्रोत भन्छ , सेयर धितो कर्जाको १२ करोडको सीमालाई संशोधन गर्न राष्ट्र बैंक करिब करिब निष्कर्षमा पुगिसकेको छ । स्रोत भन्छ, उक्त संशोधित निर्णय एकिकृत निर्देशिका मार्फत ल्याउने अहिलेको हाम्रो तयारी हो । एकीकृत निर्देशिकाको फाइनल नसकिए  बोर्ड बैठकले सर्कुलर मार्फत जारी गरौ भन्ने निर्णय गरे शुक्रबारै १२ करोडको सम्बन्धमा संशोधित सर्कुरल आउन सक्छ । 

यसैबीच राष्ट्र बैंक अर्को एक स्रोत भन्छ, 'चर्को दबाव खेपिरहेका गभर्नरले चाहे भोली पर्सि कुनै पनि बेला १२ करोडको सम्बन्धमा सर्कुरल न आउला भन्न सकिन्न ।' सेयर धितो कर्जाको १२ करोडको सीमालाई संशोधन गर्न गभर्नर महाप्रसाद अधिकारी लगभग तयार भइसकेको राष्ट्र बैंक उच्च स्रोतले अर्थ संसारलाई बतायो ।   गभर्नर अधिकारीलाई बोर्डको निर्णय बिनै उक्त सर्कुरल जारी गर्ने अधिकार रहेको राष्ट्र बैंक बोर्डका एक सदस्य बताउँछन् । 

स्रोतको अनुसार व्यक्तिगत तर्क १२ करोडको सेयर धितो सीमालाई १८ देखि २५ करोडसम्म पुग्न सक्छ । संस्थागत तर्फ भने राष्ट्र बैंक निक्कै लचिलो हुने सक्ने बताइन्छ । एभरेज रिक्स वेटेज प्रतिशत पनि केही घट्न सक्ने स्रोत बताउँछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको