Like us!
Follow us!
Connect us!
Watch us!

१२ करोडको सीमा बारे राष्ट्र बैंकबाट छिट्टै सकारात्मक सर्कुलर आउँछ : बोर्ड अध्यक्ष हमाल

लोकेन्द्र ढकाल

सोमबार, ०८ असोज २०८०, २० : २४ मा प्रकाशित

१२ करोडको सीमा बारे राष्ट्र बैंकबाट छिट्टै सकारात्मक सर्कुलर आउँछ : बोर्ड अध्यक्ष हमाल

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले १२ करोडको सेयर धितो कर्जा सीमा बारे राष्ट्र बैंकबाट छिट्टै सकारात्मक सर्कुलर आउने बताएका छन् । आज गभर्नर महाप्रसाद अधिकारीसँग राष्ट्र बैंकमा भएको भेटवार्ताका सम्बन्धमा अर्थ संसारको जिज्ञासामा अध्यक्ष हमालले उक्त कुरा बताएका हुन् । 

 गभर्नर अधिकारीसंग मैले १२ करोडको सेयर धितो कर्जाको सीमा हटाउन प्रस्ताव गरेको भन्दै अध्यक्ष हमालले भने, गभर्नर ज्यु यसमा अहिले अति नै सकारात्मक रहेको आफुले पाएको बताए । अध्यक्ष हमालले छिट्टै नै राष्ट्र बैंकबाट १२ करोडको सेयर धितो कर्जा सीमाका सम्बन्धमा सर्कुलर आउनेमा आफू विश्वस्त भएर फर्किएको बताए ।  व्यक्तिगत लगानीकर्ताको लागि १२ करोडको सीमा केही फराकिलो र संस्थागत लगानीकर्ताको लागि अझ खुकुलो भएर आउन सक्ने भेटघाटको क्रममा गभर्नर अधिकारीबाट आफूले संकेत पाएको बोर्ड अध्यक्ष हमालले बताए ।

बोर्ड अध्यक्ष हमालले अर्थ मन्त्रालयमा गत साता अर्थमन्त्री, गभर्नर, योजना आयोगका उपाध्यक्ष सहित भएको कुराकानी भन्दा आज गभर्नर अधिकारीसंग खुलेर समग्र बजारको पिक्चरको बारेमा सैदान्तिक तथा व्यावहारिक पक्षलाई केलाएर कुराकानी भएको बताए । उनले प्राइभेट इक्युटी मेकानिजममा बैंकहरुलाई लगानी गर्ने बाटो कसरी खोल्न सकिन्छ? र यसले समृद्धि कसरी छिट्टै भित्राउन सकिन्छ भन्ने विषयमा पनि गहन छलफल भएको बताए। अध्यक्ष हमालले सेयर बजारको विकास, विस्तार र सम्मृद्दिका लागि धितोपत्र वोर्ड र राष्ट्र बैंक विच समन्वयकारी भूमिकाका सम्बन्धमा आजको कुराकानी 'कोसेढुङ्गा'सावित हुनेमा आफू उत्साहित भएको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको