Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ कृषि कम्पनीको पहिलो चरणको आइपिओ कार्तिक १० गतेदेखि खुल्ने

अर्थ संसार

विहीबार, १८ असोज २०८०, १३ : ०३ मा प्रकाशित

मुक्तिनाथ कृषि कम्पनीको पहिलो चरणको आइपिओ कार्तिक १० गतेदेखि खुल्ने

मुक्तिनाथ कृषि कम्पनीले कार्तिक १० गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई आइपिओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले १०० रुपैयाँ अङ्कित १४ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो जसमध्येको १० प्रतिशत अर्थात १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छुट्ट्याइएको छ । उक्त आइपिओमा कार्तिक २४ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ ।  त्यसपछि दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ ।

मुक्तिनाथ बैंकको साझेदार रहेको यस कम्पनीले असोज १० गते बोर्डबाट आइपिओ निष्कासनको अनुमति प्राप्त गरेको थियो । आइपिओ निष्कासनपश्चात् कम्पनीको चुक्ता पुँजी ७० करोड पुग्नेछ जसमध्ये प्रमोटरको हिस्सा ८० प्रतिशत र सर्वसाधारणको हिस्सा २० प्रतिशत रहनेछ ।

आइपिओ निष्कासनका लागि कम्पनीले एनआइबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले आफ्ना सहायक कम्पनीका रुपमा मुक्तिनाथ सिड बैंक, मुक्तिनाथ फर्टिलाइजर बैंक, मुक्तिनाथ नर्सरी बैंक, मुक्तिनाथ लाइभस्टक बैंक, मुक्तिनाथ हर्बल बैंक, मुक्तिनाथ फुड बैंक, मुक्तिनाथ एग्रो मेसिनरी बैंक, मुक्तिनाथ आइटेक लिमिटेड तथा मुक्तिनाथ ट्रेडिङ कम्पनी सञ्चालन गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको