Like us!
Follow us!
Connect us!
Watch us!

माथिल्लो मैलुङ खोलाको आइपिओ पहिलो दिनमै २.५ गुणाले ओभरसब्सक्राइब्ड

अर्थ संसार

विहीबार, १८ असोज २०८०, १८ : ०४ मा प्रकाशित

माथिल्लो मैलुङ खोलाको आइपिओ पहिलो दिनमै २.५ गुणाले ओभरसब्सक्राइब्ड

आज असोज १८ गते देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको माथिल्लो मैलुङ खोला लिमिटेडको आइपिओ पहिलो दिनमै २.५ गुणा भन्दा बढीले ओभरसब्सक्राइब्ड भएको छ ।

सिडिएससीको पछिल्लो विवरण अनुसार उक्त आइपिओमा दुई लाख ८४ हजार ९ सय ६८ जनाले ३२ लाख ४७ हजार ५ सय २० कित्ताका लागि आवेदन दिएका छन् जबकी कम्पनीले १२ लाख ८४ हजार २ सय कित्ताका लागि मात्र आवेदन माग गरेको थियो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको १५ प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएको थियो ।

कुल निष्कासन अनुमति पाएको १५ लाख कित्तामध्ये १० प्रतिशतले हुन आउने १ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ५० हजार कित्ता साधारण सेयर वैदेशिक रोजगार रहेका नेपालीहरुलाई र ७५ हजार कित्ता सामूहिक लगानी कोषलाई कम्पनीले बाँडफाँट गरिसकेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको