Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको प्रगतिमा आईएमएफ सन्तुष्ट, ६.८४ अर्ब सरकारलाई दिन सहमत

अर्थ संसार

शुक्रबार, १९ असोज २०८०, ०८ : १० मा प्रकाशित

नेपालको प्रगतिमा आईएमएफ सन्तुष्ट, ६.८४ अर्ब सरकारलाई दिन सहमत

अन्तराष्ट्रिय मुद्रा कोष आईएमएफले नेपाल सरकारलाई बिस्तारित कर्जा सुविधा (ईसीएफ)  व्यवस्थाको तेस्रो समीक्षा अन्तर्गत करिब ५१.३ मिलियन डलर वितरणका लागि नेपाली अधिकारी र आईएमएफ टोलीबीच कर्मचारी स्तरमा सम्झौता भएको छ । अब यस निर्णयलाई आईएमएफको बोर्डले अनुमोदन गर्नुछ । त्यपछि करिब ६ अर्ब ८४ करोड नेपाली रुपैयाँ नेपालले प्राप्त गर्नेछ। बाँकि रहेको १५४.५ मिलियन डलर आईएमएफले नेपाललाई चौथो र पाँचौं किस्ताको रुपमा प्रदान गर्नेछ। 

विवेकपूर्ण वित्तीय तथा मौद्रिक नीति, बढ्दो रेमिट्यान्स र बढ्दो पर्यटन गतिविधिले नेपालको बाह्य स्थिति बलियो बन्दै गएको आईएमएफले ठहर गरेको छ।  आर्थिक वर्ष २०२३/२४ मा वृद्धि ३.५ प्रतिशत प्रक्षेपण गरिएको छ, तर कमजोर आन्तरिक मागलाई झल्काउँदै सम्भाव्यताभन्दा कम रहने अनुमान गरिएको छ। मुद्रास्फीति घटिरहेको छ तर अझै उच्च रहेको आईएमएफको बुझाई छ। 

आईएमएफका सहायक मिसन प्रमुख टिडिएन किंडा नेतृत्वको टिम नेपाल आएर गरेको अध्ययनको क्रममा नेपालले गरिरहेका प्रगति देखि सन्तुष्ट देखिन्छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको