Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल वेयरहाउजिङ कम्पनीले कार्तिक १० गतेदेखि पहिलो चरणको आइपिओ निष्कासन गर्ने

अर्थ संसार

शुक्रबार, १९ असोज २०८०, ११ : ५२ मा प्रकाशित

नेपाल वेयरहाउजिङ कम्पनीले कार्तिक १० गतेदेखि पहिलो चरणको आइपिओ निष्कासन गर्ने

नेपाल वेयरहाउजिङ कम्पनीले कार्तिक १० गतेदेखि पहिलो चरणको आइपिओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि गएका नेपालीका लागि कार्तिक १० देखि कार्तिक २४ गतेसम्म १ लाख ३७ हजार ५०० कित्ता शेयर निष्काशन गर्ने भएको हो । त्यसबाहेक २७ हजार ५०० कित्ता शेयर आफ्ना कर्मचारीहरुका लागि र ६८ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको छ ।

कम्पनीले कुल १३ लाख ७५ हजार कित्ता आइपिओ निष्कासन गर्न अनुमति पाएकोमा बाकिँ रहेको ११ लाख ४१ हजार २५० कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्नेछ । यस कम्पनीको आइपिओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको