Like us!
Follow us!
Connect us!
Watch us!

अब प्राकृतिक प्रकोपबाट प्रभावित योजनाको कर्जा पुनर्तालिकीकरण तथा पुनसंरचना गर्न सकिने

अर्थ संसार

शुक्रबार, १९ असोज २०८०, ११ : ५७ मा प्रकाशित

अब प्राकृतिक प्रकोपबाट प्रभावित योजनाको कर्जा पुनर्तालिकीकरण तथा पुनसंरचना गर्न सकिने

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत प्राकृतिक प्रकोपबाट प्रभावित योजनाको कर्जा पुनर्तालिकीकरण तथा पुनसंरचना गर्न सकिने व्यवस्था गरेको छ ।

बिहीबार जारी निर्देशन अनुसार बाढी, पहिरो, भूकम्प जस्ता दैवी/प्राकृतिक प्रकोपबाट प्रभावित भएका परियोजनामा लगानी रहेको कर्जा पुनर्तालिकीकरण तथा पुनसंरचना गर्न सकिने भएको हो । निर्देशनमा ऋणीको अनुरोधमा उद्योग व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरि आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तिमा १० प्रतिशत रकम असुल गरि कर्जा रिस्ट्रक्चर गर्न सकिने जनाइएको छ ।

यस्रो सुविधा २०८० को पुस मसान्तसम्म मात्र रहनेछ भने यसरी पुनर्तालिकीकरण तथा पुनसंरचना गरिएको कर्जामा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । २०७९ चैत मसान्तमा सक्रिय वर्गमा बर्गीकरण भएको कर्जालाई पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सकिनेछ । नियम अनुसार यसरी पुनर्तालिकीकरण वा पुनरसंरचना गरिएको कर्जाहरुलाई जुन वर्गमा वर्गीकरण गरिएको छ सोही वर्गमा वर्गीकरण गर्नुपर्नेछ ।

पुनर्तालिकीकरण वा पुनरसंरचनाको सुविधा प्रकोपले क्षति पुर्याएका योजना बाहेक होटल तथा रेष्टुरेन्ट, पशुपंक्षीपालन, निर्माण (सिमेन्ट, डण्डी, ईटा-ब्लक, पाईप्स् एण्ड फिटिङ्गस् लगायतका उद्योगमा प्रवाहित कर्जा समेत), शिक्षा, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कर्जा र रु. ५ करोडसम्म अन्य सबै क्षेत्रमा प्रवाह भएको कर्जालाई दिइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको