Like us!
Follow us!
Connect us!
Watch us!

यामाहा एफजेड एफआई भी-३ स्ट्यान्डर्ड सार्वजनिक, कति पर्छ मुल्य?

अर्थ संसार

शुक्रबार, १९ असोज २०८०, १४ : ५८ मा प्रकाशित

यामाहा एफजेड एफआई भी-३ स्ट्यान्डर्ड सार्वजनिक, कति पर्छ मुल्य?

नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको एकमात्र वितरक एमएडब्लु इन्टरप्राइजेजले मात्र ३.७९९ लाखमा उपलब्ध हुनेगरी यामाहा एफजेड एफआई भीथ्री सार्वजनिक गरेको छ । यो मोटरसाइकल यामाहा प्लेटफर्ममा  तीनवटा मुख्य विशेषताहरू प्रदर्शन गर्दै जोडिएको छः ट्राइड, टेस्टेड र ट्रस्टेड एफआई इन्जिन, नवीनतम डबल डिस्क र उन्नत BS6 इन्जिन टेक्नोलोजी ।

एफजेड एफआई भीथ्री स्ट्यान्डर्डले कार्यसम्पादनका मापदण्डहरू मात्र पुनःपरिभाषित गर्दैन बरु कुनै पनि सुविधाहरुमा सम्झौता नगरी किफायतीपनलाई आफ्नो शीर्ष प्राथमिकतामा राख्छ । यो विशेष मोटरसाइकल कालो र निलो आकर्षक नयाँ रङहरूमा उपलब्ध छ ।

एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड यामाहाको उत्कृष्ट रेसिङ सम्पदाबाट प्रेरित आफ्नो आकर्षक स्पोर्टी डिजाइनमा ल्याएको छ । एक बलियो १४९ सिसि एयर-कूल्ड फोर-स्ट्रोक सिंगल-सिलिन्डर ब्लूकोर इन्जिनद्वारा संचालित र सावधानीपूर्वक परिष्कृत यसले असाधारण मध्यम रेन्जको पावर र उल्लेखनीय रूपमा मुलायम प्रवेग उत्पन्न गराउँछ । यो इन्धन इन्जेक्टेड इन्जिन शक्तिशाली मात्र नभई अति प्रभावकारी पनि छ, जसले औसत ४५-५० किमी प्रति लिटरको माइलेज प्रदान गर्दछ ।

व्याकोमिटर, ओडोमिटर, सिंगल ट्रिप मिटर, फ्युल इन्डिकेटर, स्पीडोमिटर र इको ल्याम्प सहितको सूचनात्मक डिजिटल मिटर सहित राइडर- केन्द्रित टेक्रोलोजीहरूले सुसज्जित यो मोटरसाइकलले सूचित र आकर्षक सवारी अनुभवको सुनिश्चितता प्रदान गर्दछ । यसका सस्पेन्सन ड्युटीहरु अगाडि ४१ एमएम टेलिस्कोपिक सस्पेन्सन र पछाडि ७-स्टेप एडजस्टेबल मोनोक्रस सस्पेन्सन सेटअपद्वारा कुशलतापूर्वक व्यवस्थित गरिएको छ जसले आरामदायी र नियन्त्रित सवारीको ग्यारेन्टी दिन्छ। एफजेड एफआई भीथ्री स्ट्यान्डर्डमा डुअल डिस्क ब्रेकिङ प्रणाली रहेको छ जसले उत्कृष्ट ब्रेकिङ क्षमताहरू प्रदान गर्दछ र राइडर नियन्त्रण बढाउँदै विभिन्न सवारी परिदृश्यहरूमा सुरक्षाको दायरा बढाउँछ ।

एमएडब्लू टू वीलर्स डिभिजनका सीईओ राजु क्षेत्रीले यसको सुरुवातको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै भने, "यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्डले यामाहाको स्पोर्टिनेस, स्टाइलिस र एक्साइटमेन्टका विशेषताले सुसज्जित मोटरसाइकलहरू किफायती मूल्यमा ग्राहकसामू ल्याउने हाम्रो अटल प्रतिबद्धतालाई पुष्टि गर्दछ । हामीलाई विश्वास छ यसले हाम्रा अमूल्य ग्राहकहरूको सवारी अनुभवलाई पुनः परिभाषित गर्नेछ।”

यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड अब देशव्यापी रुपमा सबै यामाहा डिलरहरूमा उपलब्ध छ । थप जानकारी https://www.maw2wheelers.com/ मा हेर्नसकिन्छ  ।

651fd26be937e.jpg 651fd2a1efbaf.jpg 651fd2a24e9e9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको