Like us!
Follow us!
Connect us!
Watch us!

माथिल्लो मैलुङ खोलाको आइपिओ हालसम्म ६ गुणाले ओभरसब्सक्राइब्ड

अर्थ संसार

शनिबार, २० असोज २०८०, १० : ५९ मा प्रकाशित

माथिल्लो मैलुङ खोलाको आइपिओ हालसम्म ६ गुणाले ओभरसब्सक्राइब्ड

आज असोज १८ गते देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको माथिल्लो मैलुङ खोला लिमिटेडको आइपिओ आजसम्म ६ गुणा भन्दा बढीले ओभरसब्सक्राइब्ड भएको छ ।

सिडिएससीको पछिल्लो विवरण अनुसार उक्त आइपिओमा छ लाख ८९ हजार २ सय ६२ जनाले ७८ लाख ३० हजार ३ सय ३० कित्ताका लागि आवेदन दिएका छन् जबकी कम्पनीले १२ लाख ८४ हजार २ सय कित्ताका लागि मात्र आवेदन माग गरेको थियो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको १५ प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएको थियो ।

कुल निष्कासन अनुमति पाएको १५ लाख कित्तामध्ये १० प्रतिशतले हुन आउने १ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ५० हजार कित्ता साधारण सेयर वैदेशिक रोजगार रहेका नेपालीहरुलाई र ७५ हजार कित्ता सामूहिक लगानी कोषलाई कम्पनीले बाँडफाँट गरिसकेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको