Like us!
Follow us!
Connect us!
Watch us!

वृज सिमेन्टले मिस वर्ल्ड २०२३ 'ब्युटी विथ ए पर्पोज' लाई प्रायोजन गर्ने

अर्थ संसार

शनिबार, २० असोज २०८०, २१ : १७ मा प्रकाशित

वृज सिमेन्टले मिस वर्ल्ड २०२३ 'ब्युटी विथ ए पर्पोज' लाई प्रायोजन गर्ने

वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले यो वर्ष पनि मिस नेपाल प्रतियोगितालाई प्रायोजन गर्ने भएको छ।  

विगत ७ वर्षदेखि प्रायोजकका रूपमा मिस नेपाल प्रतियोगितासँग गौरवशाली साझेदारी गर्दै आइरहेको वृज सिमेन्ट इन्डस्ट्रिज प्रा। लि। यो वर्ष पनि यस सम्बन्धलाई निरन्तरता दिने भएको हो । 

यही डिसेम्बरमा भारतमा हुन गइरहेको मिस वर्ल्डड २०२३ प्रतियोगितामा मिस नेपाल २०२२ प्रियंकारानी जोशीद्वारा प्रस्तुत गरिने ‘ब्युटी विथ ए पर्पोज’ परियोजनामा पुनः  वृज सिमेन्टको सहभागिता रहनेछ।

‘ब्यूटी विथ ए पर्पोज’लाई मिस वर्ल्डमा जितिने सबैभन्दा प्रतिष्ठित उपाधि मानिन्छ । यो उपाधि नेपालले सन् २०१३, २०१८ र २०१९ मा जितिसकेको पनि छ । यस वर्ष प्रियंकारानी जोशी आफ्नो ‘ब्यूटी विथ ए पर्पोज’ योजनाका लागि चितवन जिल्ला इच्छाकामना गाउँपालिका वडा नं। ७ स्थित उपरदाङगढीका चेपाङ महिलाहरूको आर्थिक उत्थानमा केन्द्रित रहेकी छन् ।    

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको