असोज १८ गते देखि सर्वसाधारणका लागि निष्काशन खुला गरिएको माथिल्लो मैलुङ खोला लिमिटेडको आइपिओमा आवेदन दिने अन्तिम समयसम्म मागको १०.८ गुणा आवेदन परेको छ ।
सिडिएससीको पछिल्लो विवरण अनुसार उक्त आइपिओमा १२ लाख ४९ हजार १ सय सात जनाले एक करोड ३८ लाख ८० हजार ५ सय ९० कित्ताका लागि आवेदन दिएका छन् जबकी कम्पनीले १२ लाख ८४ हजार २ सय कित्ताका लागि मात्र आवेदन माग गरेको थियो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको १५ प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएको थियो ।
कुल निष्कासन अनुमति पाएको १५ लाख कित्तामध्ये १० प्रतिशतले हुन आउने १ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ५० हजार कित्ता साधारण सेयर वैदेशिक रोजगार रहेका नेपालीहरुलाई र ७५ हजार कित्ता सामूहिक लगानी कोषलाई कम्पनीले बाँडफाँट गरिसकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस