Like us!
Follow us!
Connect us!
Watch us!

चिरख्वा हाइड्रोको आइपिओ भर्नुअघि हेर्नुहोस् कम्पनीको विस्तृत प्रोफाइल

अर्थ संसार

मंगलबार, २३ असोज २०८०, १० : १४ मा प्रकाशित

चिरख्वा हाइड्रोको आइपिओ भर्नुअघि हेर्नुहोस् कम्पनीको विस्तृत प्रोफाइल

आज असोज २३ गते देखि चिरख्वा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट पश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको हो ।

उक्त हाइड्रोपावरलाई नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था केयर रेटिङस् नेपालले ‘केयर एनपी डबल बी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । कम्पनीले भोजपुरको षडानन्द नगरपालिकामा रहेको चिरख्वा खोलामा ४.७ मेगावाटको माथिल्लो चिरख्वा खोला जलविद्युत् आयोजना निर्माण गरेको छ ।

उक्त जलविद्युत आयोजनाको निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ रहेको छ भने कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.३९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १२.१४ वर्ष रहेको छ ।

कम्पनीको २०७८/७९ को वित्तीय विवरण अनुसार वास्तविक नेटवर्थ १००.०१ रुपैयाँ रहेको छ । यस हिसाबले उक्त कम्पनीको दोस्रो बजारमा ओपनिङ रेञ्ज पनि १००.०१ देखि ३०० रुपैयाँसम्म हुनेछ । कम्पनीको अपरिष्कृत नेटवर्थ २०७९/८० मा १०२.०७ रहेको छ भने प्रक्षेपित नेटवर्थ २०८०/८१ मा १०६.०८ र २०८१/८२ मा १०८.११ रहेको छ । यस हाइड्रोको निर्माण कार्य ९८ प्रतिशत समाप्त भएर विद्युत उत्पादनको अन्तिम चरणमा रहेको उल्लेख गरिएको छ ।

कम्पनीको २०७९/८०को अपरिष्कृत प्रतिसेयर आम्दानी २.०७ रुपैयाँ रहेको छ भने प्रक्षेपित प्रतिसेयर आम्दानी २०८०/८१ मा ११.४२ र २०८१/८२ मा १३.११ रुपैयाँ रहेको छ । आयोजनाले विसं २०७३/११/११ गतेदेखि विद्युत उत्पादन इजाजतपत्र लिएकोमा उक्त इजाजत २१०८/११/१० सम्म कायम रहनेछ । यस हिसाबले कम्पनीको विद्युत उत्पादन अनुमति २८ वर्ष ८ महिना बाकिँ रहेको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको