Like us!
Follow us!
Connect us!
Watch us!

कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माण सम्पन्न, १२ सय मेगावाटसम्म विद्युत प्रसारण गर्न सकिने

अर्थ संसार

मंगलबार, २३ असोज २०८०, १३ : २० मा प्रकाशित

कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माण सम्पन्न, १२ सय मेगावाटसम्म विद्युत प्रसारण गर्न सकिने

एक सय ४० किमी लम्बाईको कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ स्थित दाना सबस्टेसनबाट सुरू भई नवलपरासीको  सुनवल नगरपालिका-१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनलाई जोड्ने २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण पूरा भएको हो । निर्माण सम्पन्न भएसँगै अब करिब १२०० मेगावाटसम्म विद्युत प्रसारणका लागि पूर्वाधार निर्माण भएको छ ।

उक्त प्रसारण लाइनलाई नेपाल विद्युत प्राधिकरणले दुई खण्डमा विभाजन गरी निर्माण शुरु गरेको थियो । पहिलो खण्डमा दानादेखि कुश्मासम्म करिब ४० किलोमिटर र दोस्रो खण्डमा कुश्माबाट नयाँ बुटवल सबस्टेसनसम्मको करिब ९० किलोमिटर प्रसारण लाइन निर्माण भएको हो । पहिलो खण्डको प्रसारण लाइन सञ्चालनमा आइसकेकोमा दोस्रो खण्डको प्रसारण लाइन पनि सोमबार चार्ज गरेपश्चात सञ्चालनमा आएको छ ।

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालनमा आएसँगै अब मुस्ताङ, म्याग्दीलगायतका जिल्लाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरूको विद्युत राष्ट्रिय ग्रीडमा सजिलै जोडिन सकिनेछ । करिब ११ अर्बको लागतमा विद्युत प्राधिकरणले उक्त योजना निर्माण गरेको हो । योजनामा प्राधिकरण र सरकारको लगानी रहनुका साथै एसियाली विकास बैंकले सहुलियत ऋण प्रवाह गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको