Like us!
Follow us!
Connect us!
Watch us!

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा

अर्थ संसार

बुधबार, २४ असोज २०८०, १० : १३ मा प्रकाशित

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो। 

बैंकको असोज २३ गते बसेको संचालक समितिको बैठकले कम्पनीले हाल कायम चुक्ता पुँजीको १०।५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब २८ करोड ३८ लाख रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले अनुमोदन पछ्यात उक्त लाभांश लगानीकर्तालाई वितरण हुनेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको