शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आफ्ना ऋणपत्रहरू आजदेखि (असार ३२ गते) सार्वजनिक निष्कासनमा ल्याएको छ। वार्षिक ८ प्रतिशत निश्चित ब्याजदरसहितको ‘शाइन रेसुङ्गा डिबेञ्चर’ १० वर्षे अवधिको हुनेछ।
बैंकले कुल १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र जारी गर्दैछ। यसमध्ये ६ लाख कित्ता (६० करोड रुपैयाँ बराबर) संस्थागत तथा व्यक्तिगत तवरबाट निजी रूपमा वितरण गरिनेछ भने बाँकी ४ लाख कित्ता (४० करोड रुपैयाँ बराबर) सर्वसाधारणका लागि खुला गरिएको हो। सर्वसाधारणका लागि छुट्याइएको हिस्साबाट ५ प्रतिशत अर्थात २० हजार कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ।
न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। छिटोमा साउन ४ गते र ढिलोमा साउन १४ गतेभित्र आवेदन दिन सकिनेछ।
यस निष्कासनको व्यवस्थापन एनआईएमबी एस क्यापिटल लिमिटेडले गर्नेछ। लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत बैंक तथा वित्तीय संस्थाहरूका शाखाबाट, वा ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस ऋणपत्रलाई "ICRA NP Issuer Rating BB+" श्रेणीमा वर्गीकृत गरेको छ, जसले वित्तीय दायित्व समयमै पूरा गर्ने मामिलामा मध्यमस्तरको जोखिम संकेत गर्छ। यस ऋणपत्रबाट प्राप्त ब्याज रकम प्रत्येक आर्थिक वर्षको मध्य र अन्त्यमा कर कटौतीसहित भुक्तानी गरिने व्यवस्था छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस