Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओ जारी गर्न असोजमा ६ नयाँ कम्पनीको आवेदन

अर्थ संसार

बुधबार, २४ असोज २०८०, १७ : ०८ मा प्रकाशित

आइपिओ जारी गर्न असोजमा ६ नयाँ कम्पनीको आवेदन

नेपाल धितोपत्र बोर्डमा असोज महिनामा प्राथमिक निष्कासनको अनुमति लिन ६ नयाँ कम्पनीले आवेदन दिएका छन् ।

यसरी आवेदनमा हाइड्रोपावर, हस्पिटालिटी सेक्टरका कम्पनीदेखि स्टिल उद्योगसम्म रहेका छन् । असोज महिनामा आवेदन दिने कम्पनीमा बेनी हाइड्रो, याम्बालिङ हाइड्रो, मबिलुङ इनर्जी, एपेक्स हस्पिटालिटी, जगदम्बा स्टील्स र एसवाई प्यानल रहेका छन् । बेनी हाइड्रोले एक सय अङ्कित २० लाख ८० हजार कित्ता आइपिओ निष्कासनका लागि अनुमति मागेको छ । उक्त कम्पनीको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

याम्बालिङ हाइड्रोले एक सय अङ्कित २८ लाख कित्ता आइपिओ निष्कासनका लागि अनुमति मागेको छ । उक्त कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । यसैगरी एपेक्स हस्पिटालिटीले एक सय अङ्कित २४ लाख कित्ता आइपिओ निष्कासनका लागि अनुमति मागेको छ । उक्त कम्पनीको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

मबिलुङ इनर्जीले एक सय अङ्कित १८ लाख ९० हजार ५ सय ३० कित्ता आइपिओ निष्कासनका लागि अनुमति मागेको छ । उक्त कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । यसैगरी एसवाई प्यानल नेपालले एक सय अङ्कित ५२ लाख ३२ हजार ५ सय ४८ कित्ता आइपिओ निष्कासनका लागि अनुमति मागेको छ । उक्त कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

जगदम्बा स्टीलले भने एक सय अङ्कित मूल्यमा दुई सय रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता तीन सय मूल्यमा दुई करोड ७० हजार कित्ता आइपिओ निष्कासन गर्न अनुमति मागेको छ । उक्त आइपिओको बिक्री प्रबन्धकमा  सिद्धार्थ क्यापिटल रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको