Like us!
Follow us!
Connect us!
Watch us!

चिरख्वा हाइड्रोको आइपिओमा तेस्रो दिनसम्म करिब ११ गुणा बढी आवेदन

अर्थ संसार

विहीबार, २५ असोज २०८०, १७ : २८ मा प्रकाशित

चिरख्वा हाइड्रोको आइपिओमा तेस्रो दिनसम्म करिब ११ गुणा बढी आवेदन

असोज २३ गते देखि सर्वसाधारणका लागि निष्काशन खुला गरिएको चिरख्वा हाइड्रो लिमिटेडको आइपिओमा तेस्रो दिनसम्म मागभन्दा करिब ११ गुणा बढी आवेदन परेको छ ।

सिडिएससीको पछिल्लो विवरण अनुसार उक्त आइपिओमा ८ लाख ७३ हजार एक सय ८० जनाले ९५ लाख ६८ हजार चार सय ३० कित्ताका लागि आवेदन दिएका छन् जबकी कम्पनीले ८ लाख ५९ हजार ३ सय कित्ताका लागि मात्र आवेदन माग गरेको थियो । कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएको थियो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशतले हुन आउने ८० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ८० हजार कित्ता, कर्मचारीलाई २ प्रतिशतले हुन आउने १६ हजार कित्ता र सामूहिक लगानी कोषलाई ५ प्रतिशतले हुन आउने ४० हजार कित्ता कम्पनीले बाँडफाँट गरिसकेको छ । 

यसैगरि स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात चार लाख कित्ता छुट्ट्याइएकोमा दुई लाख चार हजार सात सय कित्ताका लागि मात्रै आवेदन परेपछि त्यसमध्येको एक लाख ९५ हजार तीन सय कित्ता थपेर सर्वसाधारणलाई आइपिओ निष्कासन गरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको