Like us!
Follow us!
Connect us!
Watch us!

फूकोट कर्णालीमा एक अर्ब बढी लगानी गर्दै एचआइडिसिएल

सोमबार, २० कार्तिक २०७४, १८ : ३९ मा प्रकाशित

फूकोट कर्णालीमा एक अर्ब बढी लगानी गर्दै एचआइडिसिएल

अर्थ संसार, काठमाडौँ– सरकारी स्वामित्वको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले फूकोट कर्णाली जलविद्युत् आयोजनामा रु एक अर्ब २६ करोड लगानी गर्ने भएको छ ।

कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले सो परिमाणको रकम सेयरका रपमा लगानी गर्ने निर्णय गरेको हो ।
आयोजनामा नेपाली सेना, प्रहरी, शिक्षक तथा निजामति कर्मचारीको समेत सेयर लगानी हुने छ । सरकारले चालु आवको बजेट वक्तव्यमा नै फूकोट कर्णाली जलविद्युत् आयोजना अगाडि बढाउने उल्लेख गरेको छ ।

कुल ४२६ मेगावाट क्षमता को  आयोजनाका लागि कम्पनीले १० प्रतिशत सेयर लगानी गर्ने निर्णय गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत छबिराज पोखरेलले बताउनुभयो ।

कालीकोटमा आयोजना स्थल रहेको सो परियोजना निर्माणका लागि ऊर्जा मन्त्रालयले गत जेठ ८ गते निर्णय गरेको थियो ।

ऊर्जाले गत साउन २ गते विद्युत उत्पादन कम्पनीलाई आयोजनाको सर्वेक्षण अनुमतिपत्र दिएको थियो ।
कम्पनीले आगामी ५ वर्षमा निजी क्षेत्रले निर्माण गर्ने विभिन्न् आयोजनामा रु ५ अर्ब ९ करोड सेयर लगानी गर्ने लक्ष्य राखेको छ ।

यस्तै नेपाल विद्युत् प्राधिकरणलगायतका निकायबाट निर्माण गरिने एक हजार ६४० मेगावाट क्षमताका विभिन्न पाँच आयोजनामा रु १६ अर्ब २१ करोड लगानी गर्ने तयारी गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको