Like us!
Follow us!
Connect us!
Watch us!

बहुमल्य पूरातात्विक सामान भन्दै दुई करोडमा क्रिष्टल माला बेच्न खोज्ने ६ पक्राउ

अर्थ संसार

शुक्रबार, २६ असोज २०८०, १७ : ३४ मा प्रकाशित

बहुमल्य पूरातात्विक सामान भन्दै दुई करोडमा क्रिष्टल माला बेच्न खोज्ने ६ पक्राउ

प्राचीन बहुमुल्य सरसामान भन्दै सर्वसाधारणलाई विभिन्न प्रलोभनमा पारी नगद ठगी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त समूहले प्राचीन पुरातात्विक सामान भन्दै त्रिभुज आकारको अटोफायर, क्रिष्टल मालालगायतमा वस्तु दुई करोडमा खरिद बिक्री गर्ने बहाना बनाई सर्वसाधारणलाई झुक्यानमा पारी ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा झापा बाह्रदर्शी गा.पा.वडा नं. ६ घर भई बस्ने अनिल गदाईली, ललितपुरका रमेश नापित, मकवानपुरका सत्यनारायण कपाली र मुरली न्यौपाने, काभ्रेका विकास श्रेष्ठ र ओखलढुंगाका लालबहादुर सुनुवार रहेका छन् ।

उनीहरुलाई असोज २६ गते काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा न.पा-८ बालुवाखानीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत बौद्ध काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको