नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने गरि मारुती सिमेन्टले प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने भएको छ ।
कम्पनीले कार्तिक २१ गतेका लागि बोलाएको वार्षिक साधारणसभाको विशेष प्रस्तावमा प्रारम्भिक सार्वजनिक निष्काशन एजेन्डामा राखिएको छ । सञ्चालक समितिको प्रस्ताव बमोजिम प्रिमियम मूल्यमा कानूनमा तोकिए बमोजिमको प्रतिशतले हुन आउने सेयर सम्बन्धित क्षेत्र तथा समूहहरुलाई निष्कासन तथा बिक्री गर्ने प्रस्ताव रहेको छ । कम्पनीले हाल कायम तीस लाख अग्राधिकार सेयरलाई साधारण सेयरमा परिवर्तन गर्ने, त्यसपश्चात कायम हुने चुक्ता पुँजीमा हकप्रद निष्कासन गर्ने लगायत विशेष प्रस्ताव पनि साधारणसभामा पेश गर्ने भएको छ ।
यसैगरी सभामा आर्थिक वर्ष २०७९/८०को नाफाबाट करसहित १० प्रतिशत नगद लाभांश दिने, वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने सामान्य प्रस्ताव रहेका छन् ।
मारुती सिमेन्ट अघि तीन सिमेन्ट कम्पनी नेप्सेमा सूचीकृत भइसकेका छन् । शिवम् सिमेन्ट, घोराही सिमेन्ट र सोनापूर मिनरल्स गरि तीन कम्पनीको दोस्रो बजारमा कारोबार भइरहेको छ । यसैगरी सर्वोत्तम सिमेन्ट पनि बुक बिल्डिङमार्फत आइपिओ निष्कासनको प्रक्रियामा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस