Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा लगानीका लागि अर्जेन्टिनालाई चेम्बरको आग्रह

अर्थ संसार

बुधबार, ०१ कार्तिक २०८०, ०७ : ४३ मा प्रकाशित

नेपालमा लगानीका लागि अर्जेन्टिनालाई चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अर्जेन्टिनलाई आग्रह गरेको छ । नेपालका लागि अर्जेन्टिनाका राजदूत ह्युगो  जाभियर गोवीसंग चेम्बर भवनमा भएको भेटबार्तामा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले लगानीका लागि आग्रह गरेका हुन्।

नेपालको पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा प्रतिफलको उच्च सम्भावना भएको अध्यक्ष मल्लले बताए। मल्लले भने, ‘अर्जेन्टिना भौगोलिक दृष्टिकोणले टाढा भएपनि ब्यापारिक क्षेत्रमा थुप्रै सहकार्य गर्न सकिन्छ । नेपालको पर्यटन क्षेत्र पृथक खालको छ  । सूचना प्रविधिमा पनि अधिक सम्भावना छ । दुई देशका निजी क्षेत्रबीच सहकार्य मार्फत लगानीका लागि आग्रह गर्दछु, ।’

नेपालमा अवैतनिक दूतको नियुक्ती गरेर ब्यापारिक सहकार्य गर्न समेत अध्यक्ष मल्लले राजदूत गोवीसंग आग्रह गरे । नेपाल अर्जेन्टिनाबीचको कुटनीतिक सम्वन्ध ६० वर्ष पुरा भएको सन्र्दभमा अध्यक्ष मल्लले व्यापारिक सम्वन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । 

अध्यक्ष मल्लले अर्जेन्टिनाको निजी क्षेत्र  र नेपाल चेम्बर अफ कमर्सबीच सहकार्य गर्न सकिए आर्थिक गतिविधी विस्तार हुने बताए । नेपालले अर्जेन्टिनाबाट गतवर्ष करिव २५ अर्व रुपैयाँको बस्तु आयात गरेको थियो । 

राजदूत गोवीसंग अध्यक्ष मल्लले नेपालको जलविद्युत, बनजन्य उद्योग, जडीबुटी प्रशोधन जस्ता क्षेत्रमा समेत लगानीका लागि प्रस्ताव गर्नुभएको छ । दुई देशका निजी क्षेत्रस्तरमा उच्चस्तरीय व्यपारिक भ्रमण गराएर आर्थिक गतिविधी विस्तार गर्न सकिनेमा अध्यक्ष मल्लले जोड दिएका छन् । 

जवाफमा राजदूत गोवीले नेपालमा आर्थिक गतिविधी विस्तार गर्नका लागि आफुले पहल गर्ने बताए । हिमालय पर्वतको देश नेपाल भौगोलिक र प्राकृतिक दृष्टिकोणले समेत उच्च रहेको राजदूत गोवीको भनाई छ ।

दुई मुलुकबीचको सम्वन्धलाई जनस्तरबाटै विकास गर्नुपर्नेमा राजदूत गोवीले जोड समेत दिए  । उनले भने, नेपालसंगको सम्वन्धलाई जनस्तरबाटै विकास गर्न आवश्यक छ यसका लागि पनि म पहल गर्छु, ।’ 

नेपालको खाद्य सुरक्षाका लागि सहयोग गर्न अर्जेन्टिना तयार रहेको समेत राजदूत गोवीले बताए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको