नेपालमा गत एक वर्षको अवधिमै साढे ३७ हजार भन्दा बढी क्रेडिट कार्डको प्रयोगकर्ता थपिएका छन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सन् २०२३ को मध्य अगस्टसम्म नेपालमा कुल क्रेडिट कार्ड प्रयोगकर्ता दुई लाख ८८ हजार एक सय ५१ जना पुगेका छन् जसमध्ये ३७ हजार ५ सय ३३ जना गत एक वर्षको अवधिमा थपिएका हुन् । यो संख्या कुल क्रेडिट कार्ड प्रयोगकर्ताको करिब १३ प्रतिशत हुन आउँछ ।
क्रेडिट कार्डसँगै डेविट कार्ड प्रयोगकर्ताको संख्या पनि पछिल्लो समयमा उच्च वृद्धि हुँदै आएको छ । २०२३ को मध्य अगस्टसम्म नेपालमा कुल डेबिट कार्ड प्रयोगकर्ता एक करोड २४ लाख ९ सय ४९ पुगेको छ । यसमध्ये कतिपय मानिसले फरक फरक बैंकबाट डेबिट कार्ड लिएको हुँदा यकिन प्रयोगकर्ताको तथ्यांकमा भने ठुलै फेरबदल हुने देखिन्छ ।
यसैगरी मोबाइल बैंकिङ चलाउने प्रयोगकर्ताको संख्या पनि दुई करोड १६ लाख ९१ हजार चार सय ७४ पुगेको छ । यसमा पनि फरक बैंकमा खाता भएका प्रयोगकर्ता दोहोरिने हुँदा यसलाई यकिन प्रयोगकर्याको तथ्यांक भने मान्न सकिँदैन । उक्त अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ताको वृद्धिदर १६.३४ प्रतिशत रहेको थियो भने डेबिट कार्ड प्रयोगकर्ताको वृद्धिदर ११.९१ प्रतिशत रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस