टक्सार पिखुवाखोला हाइड्रो कम्पनीले धितोपत्र बोर्डसँग आइपिओ निष्कासनको अनुमति मागेको छ ।
भोजपुर जिल्लाको पिखुवा खोलामा आठ मेगावाट क्षमताको हाइड्रो निर्माण गरेको कम्पनीले ४२ लाख ३० हजार ६ सय ६८ कित्ता प्राथमिक निष्कासनका लागि अनुमति मागेको हो । कम्पनीले असोज २६ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।
यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीले २०७८ वैशाख देखि नै उत्पादन थालिसकेको छ । करिब एक अर्ब ७२ करोड रुपैयाँको लागतमा उक्त हाइड्रोको निर्माण सम्पन्न भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस