पूर्वराजा शाहले नेपालीहरूको महान् चाड विजया दशमीको अवसरमा सम्पूर्ण नेपालीहरूमा दसैँको शुभकामना दिएका छन्। साथै उनले देशमा भइरहेको गतिविधिबाट पाठ सिकेर अघि बढ्न सुझाव दिएका छन् ।
मंगलवार महाराजगञ्जस्थित निर्मल निवासमा नेपालीहरूको महान् चाड विजया दशमीको अवसरमा सर्वसाधारणहरूलाई टिका लगाइदिँदै उनले व्यङ्ग्यात्मक रूपमा बोलेका छन्। उनले देशमा भइरहेका गतिविधिप्रति लक्षित गर्दै छिनछिनमा भुइँचालो गइरहेकाले विचार गरेर बस्न भनेका छन् । ‘सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा दसैँको शुभकामना दिन चाहन्छु । धेरै भन्नु पनि हुँदैन, सप्तमीको दिनमा भनेको छु । हामीले पाठ पनि सिक्नुपर्नेछ । छिनछिनमा भुइँचालो पनि आइरहेको छ । विचार गर्नुस् ।’उनले भने।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस