Like us!
Follow us!
Connect us!
Watch us!

मेनुका पौडेल इण्डियन आइडल सिजन १४ को अन्तिम १५ मा

अर्थ संसार

बुधबार, ०८ कार्तिक २०८०, २० : १६ मा प्रकाशित

मेनुका पौडेल इण्डियन आइडल सिजन १४ को अन्तिम १५ मा

नेपाली गायिका मेनुका पौडेल इण्डियन आइडल सिजन १४ को अन्तिम १५ मा छनोट भएकी छन् ।  सोमबार रातीको एपिसोडमा राउन्ड फिफ्टिनको प्रतिस्पर्धी घोषणा गरिएको हो ।

पछिल्लो एपिसोडमा समेत दमदार प्रस्तुति दिएकी मेनुकाको गायकीलाई जजले रुचाएका थिए । उनीहरूले यो प्रस्तुतिमा स्ट्यान्डिङ ओभेसन पनि दिए । मेनुकाले यो एपिसोडमा जजलाई उपहार समेत प्रदान गरेकी थिइन् ।

पौडेल अडिसन चरणबाटै नै धेरैको मन जितेर चर्चित भएकी छन्। उनको प्रस्तुतिबाट निर्णायकहरूले मञ्चमै आँसु झारेका थिए। उनले ‘तुम्हारे बिना हमारे कोनो नही’ बोलको शाष्त्रीय भजन गाउँदा गोल्डेन माइकसमेत जितेकी थिइन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको