Like us!
Follow us!
Connect us!
Watch us!

महेन्द्र सिंह धोनीको सेयरबजार अनुभव : लगानीकर्तालाई अत्याउने ट्रेडर

अर्थ संसार

आइतबार, १२ कार्तिक २०८०, १२ : ५३ मा प्रकाशित

महेन्द्र सिंह धोनीको सेयरबजार अनुभव : लगानीकर्तालाई अत्याउने ट्रेडर

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीले सेयरबजारमा आफ्नो अनुभव सार्वजनिक गर्दै बजारमा लगानीकर्तालाई ट्रेडरले अत्याउने गरेको बताएका छन् । 

उनले अप्सन ट्रेडिङ गर्ने ट्रेडरहरुलाई इङ्गित गर्दै पोर्टफोलियोको घाटा हेर्न भन्दा ट्रेडिङमा नाफा कमाउन ट्रेडर अत्यधिक लालायित हुने गरेको बताएका हुन् । उनले ट्रेडरहरुले लगानीकर्ता हतोत्साहित नै हुने ढङ्गको अभिव्यक्तिसम्म दिने गरेको उल्लेख गर्दै बताए, "निफ्टी घट्दा मेरो पोर्टफोलियो दुई दिनमै करिब ८ प्रतिशतले घट्यो, तर पुट अप्सन खरिद गरेर बसेकाहरु भने दङ्ग परेर बसेका छन् ।"

हाँसिमजाक शैलीमा प्रस्तुत भएका धोनीले अप्सन ट्रेडिङ गर्ने ट्रेडरहरुले घट्दो बजारमा देखाउने व्यवहारसमेत उतारेर देखाए । भारतको सेयरबजार पछिल्लो समय घट्दो ट्रेन्डमा रहेको छ । शनिबार र आइतबार बिदा हुने भारतीय सेयर बजारको निफ्टी ५० इन्डेक्स शुक्रबार १९० अङ्कले बढेर १९०४७ मा बन्द भएको थियो । पछिल्लो आठ दिनमा इन्डेक्सले करिब ९०० अङ्क गुमाएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको