Like us!
Follow us!
Connect us!
Watch us!

भेटेरन लगानीकर्ता मार्क मोबियसले भारतको सेन्सेक्स आगामी पाँच वर्षमा १ लाख पुग्ने ठोकुवा

अर्थ संसार

बुधबार, १५ कार्तिक २०८०, ०८ : ३४ मा प्रकाशित

भेटेरन लगानीकर्ता मार्क मोबियसले भारतको  सेन्सेक्स आगामी पाँच वर्षमा १ लाख पुग्ने ठोकुवा

प्रसिद्ध भेटेरन लगानीकर्ता मार्क मोबियसले भारतको आर्थिक बृद्धि देखेर सेन्सेक्स आगामी पाँच वर्षमा १ लाखको लक्ष्य सहित नयाँ उचाइमा उक्लने बताएका छन्। हाल  सेन्सेक्स परिसूचक लगभग ७०,००० अंकमा रहेको छ। '

भारतको गतिशील र विविध अर्थतन्त्र यसको शक्तिको प्रमाण हो। यसको भाषिक र सांस्कृतिक विविधता, जसलाई कसै-कसैले कमजोरीको रूपमा बुझ्न सक्छ, यो एक शक्तिशाली सम्पत्ति हो", मोबियस क्यापिटल पार्टनर्सका संस्थापक मार्क मोबियसले मुम्बईमा आयोजित मोर्निङस्टार इन्भेष्टमेन्ट सम्मेलनमा भने। 

“हामी अगाडि हेर्दै जाँदा, भारतको भविष्य असाधारण रूपमा आशाजनक छ। यो अवसर र नवप्रवर्तनको देश हो, जसले विश्वव्यापी वित्तीय क्षेत्रमा निर्णायक भूमिका खेल्ने सम्भावना रहेको छ,’ उनले थपे।

उनले भारतलाई आर्थिक प्रगति देखेर आगामी पाँच वर्षभित्र सेन्सेक्सले नयाँ उचाइमा पुग्ने भविष्यवाणी गर्दै मोबियसले भने, “बजार सुधार र गिरावट अपरिहार्य छ, ती चिन्ताको विषय होइन, अवसर हुन्। बजारमा उतारचढाव हुँदा, यसले हामीलाई अवमूल्यन भएका सम्पत्तिहरू लिने  र  लगानीका लागि नगद बचत गर्ने अवसर प्रदान गर्छ।"

उनले लगानीकर्तालाई सेयर बजारलाई भूराजनीतिक वा आर्थिक प्रभाव पार्ने तत्वहरूमा पनि ध्यान दिन सल्लाह दिएका छन्। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको