Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार ५.८३ अङ्कले घट्यो बजार, कारोबारमा सुधार

अर्थ संसार

बुधबार, १५ कार्तिक २०८०, १५ : १२ मा प्रकाशित

बुधबार ५.८३ अङ्कले घट्यो बजार, कारोबारमा सुधार

बुधबार सेयरबजारमा सामान्य गिरावट आउँदा कारोबारमा भने सुधार देखिएको छ ।

आज ५.८३ अङ्कले घटेर नेप्से १८५८.५६ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल ५७ करोड १४ लाख ८३ हजार दुई सय ७६ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने बढेर ८१ करोड २० लाख ८९ हजार दुई सय ९१ रुपैयाँ पुगेको छ । बजार न्यून विन्दुमा पुग्दा खरिदकर्ताले बिस्तारै खरिद बढाउन थालेको देखिएको छ  ।

आज सर्वाधिक कमाउनेतर्फ सयपत्री हाइड्रो, हिमालयन लघुवित्त र रावा इनर्जी कम्पनी रहे । उक्त कम्पनीहरुको सेयर मूल्य ७ प्रतिशत भन्दा बढीले वृद्धि भयो । आइतबार सर्वाधिक गुमाउने मध्ये सोनापुर मिनरल्स र सिवाइसी लघुवित्त रहे । ती कम्पनीको मूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।

आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक १.०१ प्रतिशत, म्यानुफ्याक्चरिङ उपसूचक ०.९८ प्रतिशत र माइक्रोफाइनान्स उपसूचक ०.७ प्रतिशतले घटे । अन्य सबै उपसमूह राताम्मे भएपनि आज लगानी उपसमूह भने झिनो अङ्कले बढ्यो । 

दशैंको बिदा पछि आइतबार खुलेको बजारमा चार दिनमा ४७ अङ्कको गिरावट आइसकेको छ । मङ्गलबार सन् २०२२ अक्टोबर २० यताकै न्यून कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको