Like us!
Follow us!
Connect us!
Watch us!

अस्पतालको शौचालयबाट फरार थुनुवा पाँच दिनपछि पक्राउ

बुधबार, २२ कार्तिक २०७४, २१ : २५ मा प्रकाशित

अस्पतालको शौचालयबाट फरार थुनुवा पाँच दिनपछि पक्राउ

अर्थ संसार, सुरुङ्गा९झापा–पाँच दिनअघि मेची अञ्चल अस्पतालको शौचालयबाट फरार भएका थुनुवालाई प्रहरीले आज पक्राउ गरेको छ ।

बालिकालाई करणी गरेको आरोपमा पक्राउ परेका भद्रपुर नगरपालिका–५ निवासी २० वर्षीय रोशन माझी गत शुक्रबार साँझ अस्पतालको शौचालयबाट फरार भएका थिए । उनलाई आज नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिनुभयो ।

पेट दुखेर अस्पातल पु¥याइएका उनी आकस्मिक कक्षभित्र रहेको शौचालयको भेन्टिलेटरबाट भागेका थिए । कात्तिक ४ गते छिमेकी छ वर्षीया बालिकालाई ज्यान मार्ने धम्की दिँदै करणी गरेको आरोपमा माझी पक्राउ परेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको