Like us!
Follow us!
Connect us!
Watch us!

रोकिएन नेप्सेको गिरावट, बिहीबार थप १०.८६ अङ्कले घट्यो बजार

अर्थ संसार

विहीबार, १६ कार्तिक २०८०, १५ : २१ मा प्रकाशित

रोकिएन नेप्सेको गिरावट, बिहीबार थप १०.८६ अङ्कले घट्यो बजार

यो साताको शुरुआत देखि नै ओरालो लागेको सेयरबजार बिहीबार थप १०.८६ अङ्कले घटेको छ ।

आज १०.८६ अङ्कले घटेर नेप्से १८४७.७० विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ८१ करोड २० लाख ८९ हजार दुई सय ९१ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने बढेर ९६ करोड ४४ लाख ७७ हजार सात सय ११ रुपैयाँ पुगेको छ । बजार न्यून विन्दुमा पुग्दा खरिदकर्ताले बिस्तारै खरिद बढाउन थालेको देखिएको छ  ।

आज सर्वाधिक कमाउनेतर्फ चन्द्रागिरी हिल्स, हिमालयन लघुवित्त र सोल्टी होटल रहे । उक्त कम्पनीहरुको सेयर मूल्य ५ प्रतिशत कै हाराहारीमा वृद्धि भयो । आइतबार सर्वाधिक गुमाउने मध्ये सयपत्री हाइड्रो, रावा इनर्जी र बुद्धभूमि हाइड्रो रहे । ती कम्पनीको मूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।

आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक ४.२७ प्रतिशतले बढ्दा म्यानुफ्याक्चरिङ उपसूचक ०.०७ प्रतिशतले बढ्यो । आज म्युचुअल फन्ड उपसमूह सर्वाधिक ४.६३ प्रतिशतले घट्दा ट्रेडिङ उपसूचक ३.०५ प्रतिशत, हाइड्रो उपसूचक १.१ प्रतिशत र फाइनान्स उपसूचक १.०५ अङ्कले घटे । 

दशैंको बिदा पछि आइतबार खुलेको बजारमा पाँच दिनमा ५७ अङ्कको गिरावट आइसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको