Like us!
Follow us!
Connect us!
Watch us!

चिरख्वा हाइड्रोको आइपिओ बाँडफाँड सम्पन्न, १० लाखको हात खाली

अर्थ संसार

विहीबार, १६ कार्तिक २०८०, १६ : १९ मा प्रकाशित

चिरख्वा हाइड्रोको आइपिओ बाँडफाँड सम्पन्न, १० लाखको हात खाली

चिरख्वा हाइड्रोको आइपिओ बिहीबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आज दिउँसो एक बजे एक कार्यक्रमबीच एफपिओ बाँडफाँड गरिएको थियो ।

मागभन्दा अत्यधिक बढी आवेदन परेका कारण गोलाप्रथामार्फत बाँडिएको आइपिओमा ८५ हजार ९ सय ३० जनाले १०-१० कित्ताको सेयर प्राप्त गरेका छन् । असोज २३ गते असोज २६ गतेसम्म सर्वसाधारणका लागि निष्काशन खुला गरिएको चिरख्वा हाइड्रो लिमिटेडको आइपिओमा १२ लाख भन्दा बढीले आवेदन दिएका थिए । कम्पनीले ८ लाख ५९ हजार ३ सय कित्ताका लागि मात्र आवेदन माग गरेको थियो ।

कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशतले हुन आउने ८० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ८० हजार कित्ता, कर्मचारीलाई २ प्रतिशतले हुन आउने १६ हजार कित्ता र सामूहिक लगानी कोषलाई ५ प्रतिशतले हुन आउने ४० हजार कित्ता कम्पनीले बाँडफाँट गरिसकेको थियो । 

यसैगरि स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात चार लाख कित्ता छुट्ट्याइएकोमा दुई लाख चार हजार सात सय कित्ताका लागि मात्रै आवेदन परेपछि त्यसमध्येको एक लाख ९५ हजार तीन सय कित्ता थपेर सर्वसाधारणलाई आइपिओ निष्कासन गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको