Like us!
Follow us!
Connect us!
Watch us!

झसङ्ग बनाउने ग्लोबल आइएमई बैंकको खराब कर्जा अनुपात, प्रति सेयर आम्दानी ६.२९ रुपैयाँ घट्यो !

अर्थ संसार

शुक्रबार, १७ कार्तिक २०८०, ०९ : ०६ मा प्रकाशित

झसङ्ग बनाउने ग्लोबल आइएमई बैंकको खराब कर्जा अनुपात, प्रति सेयर आम्दानी ६.२९ रुपैयाँ घट्यो !

ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकको खुद आम्दानीमा सुधार देखिएपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफामा असर देखिएको छ। पछिल्लो समय देखिएको आर्थिक संकटका कारण बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा अनुपात बढ्ने क्रमले निरन्तरता पाएको छ, जुन यस बैंकको रिपोर्टमा पनि देखिन्छ। अघिल्लो वर्षको यही अवधिसम्म २.१० प्रतिशत रहेको  बैंकको खराब कर्जा अनुपात भने बढेर ४.३८ प्रतिशत पुगेको छ । जुन डरलाग्दो संकेत हो। महँगी, व्यवसायमा आएको संकुचनका कारण ऋणीहरूको ऋण तिर्ने क्षमता घटेको छ । जुन रिपोर्टले पनि देखाएको छ। 

खुद नाफा 
खुद नाफामा बैंकको सामान्य वृद्धि देखिन्छ, चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १ अर्ब २२ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १८ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। जुन गत आर्थिक वर्षको तुलनामा ३.०४ प्रतिशतको वृद्धि हो।

खुद ब्याज आम्दानी
ग्लोबल आइएमई बैंकको पहिलो त्रैमासमा ४ अर्ब ८० करोड खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ३ अर्ब २० करोडमा सीमित थियो। 

सञ्चालन मुनाफा
बैंकको  सञ्चालन मुनाफा बढेको छ । अघिल्लो वर्ष १ अर्ब ६९ करोड रुपैयाँ रहेको यस्तो मुनाफा बढेर यो वर्ष १ अर्ब ७९ करोड पुगेको छ । 

वितरणयोग्य मुनाफा
यस त्रैमास सम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ रहेको छ। 

खराब कर्जा अनुपात
अघिल्लो वर्षको यही अवधिसम्म २.१० प्रतिशत रहेको ग्लोबल आइएमई बैंकको खराब कर्जा अनुपात भने बढेर ४.३८ प्रतिशत पुगेको छ । 

इम्पेरमेन्ट चार्ज 
१ अर्ब ७८ करोड १७ लाख रुपैयाँ (गत वर्षको यहि अवधिमा केबल ७२ करोड ८६ लाख)

प्रति सेयर वितरणयोग्य मुनाफा 
९ रुपैयाँ ९६ पैसा 

प्रति सेयर आम्दानी 
१३ रुपैयाँ ७१ पैसा (६ रुपैयाँ २९ पैसा घट्यो)

मूल्य आम्दानी अनुपात 
१४.७४ गुणा 

प्रति सेयर नेटवर्थ 
१६८ रुपैयाँ ३० पैसा 

चुक्ता पूँजी
३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ

जगेडा कोष
२४ अर्ब ४३ करोड रुपैयाँ 

निक्षेप संकलन तथा कर्जा परिचालन 
यस समीक्षा अवधिसम्म बैंकले ४ खर्ब ४३ अर्ब बढी निक्षेप संकलन गरी ३ खर्ब ५७ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ४ खर्ब २६ अर्ब बढी निक्षेप संकलन गरी ३ खर्ब ५६ अर्ब बढी कर्जा परिचालन गरेको थियो । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको