Like us!
Follow us!
Connect us!
Watch us!

पोखरामा सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौँथो गण्डकी प्रादेशिक पुष्प मेला शुरु

अर्थ संसार

शुक्रबार, १७ कार्तिक २०८०, १६ : २६ मा प्रकाशित

पोखरामा सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौँथो गण्डकी प्रादेशिक पुष्प मेला शुरु

पोखरामा शुक्रवारदेखि सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौँथो गण्डकी प्रादेशिक पुष्प मेला-२०८० सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) द्वारा आयोजित मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए । 

मेलाको उद्घाटन गर्दै प्रमुख आचार्यले पुष्प व्यवसायको प्रवर्द्धनका लागि महानगरपालिका प्रतिबद्ध रहेको बताए । पोखरालाई आवश्यक पर्ने पुष्प तथा फुलहरूको उत्पादनमा वृद्धिका लागि लगानी सहकार्य गर्न र व्यवसायीहरूलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको उनले बताए । 

मेलामा २० वटा विभिन्न प्रजातिका फूलहरूको स्टल राखिएको छ भने, २ वटा कृषि सामाग्रीको स्टल राखिएको छ । २० भन्दा बढी प्रजातिका गोदावरी फुलहरू प्रदर्शनीमा राखिएको छ । महानगरका १०९ जना कृषकहरूले व्यवसायीक रूपमा गोदावरी फुलको खेती गर्दै आएका छन् । 

व्यापार भन्दा पनि प्रवर्द्धन तथा  प्रचारप्रसार गर्ने उद्देश्यले मेला आयोजना गरिएको एसोसिएसनले जनाएको छ । पोखरामा मागको ८० प्रतिशत पुष्पजन्य वस्तुहरूको उत्पादन हुने गरेको छ । २० प्रतिशत माग भने पोखरा बाहिरबाट आउने वस्तुहरूले परिपूर्ति गर्ने गरेको एसोसिएसनले जनाएको छ । 

मेला पोखरा रङ्गशालामा २० कात्तिक सम्म चल्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको