Like us!
Follow us!
Connect us!
Watch us!

भारतीय प्रधानमन्त्री मोदीद्वारा भूकम्पका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त, सम्भावित सबै सहयोगको प्रतिबद्धता

अर्थ संसार

शनिबार, १८ कार्तिक २०८०, १७ : ५२ मा प्रकाशित

भारतीय प्रधानमन्त्री मोदीद्वारा भूकम्पका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त, सम्भावित सबै सहयोगको प्रतिबद्धता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै यस विपतको घडीमा नेपाललाई सम्भावित सवै सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा लेखेका छन्, “नेपालमा गएको भूकम्पका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु । भारत नेपाली जनताप्रति ऐक्यवद्धताका साथ उभिएको छ र हरसम्भव सहयोग गर्न तयार छ ।” 

उनले भनेका छन्, “शोक सन्तप्त परिवारजनप्रति हाम्रो समवेदना छ र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।”

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको