Like us!
Follow us!
Connect us!
Watch us!

आरएसडिसी लघुवित्तको बुक क्लोज मिति तय

अर्थ संसार

आइतबार, १९ कार्तिक २०८०, १८ : ५८ मा प्रकाशित

आरएसडिसी लघुवित्तको बुक क्लोज मिति तय

आरएसडिसी लघुवित्तले दशौं साधारणसभा तथा बोनस प्रयोजनार्थ बुक क्लोज मिति तय गरेको छ । कम्पनीले मङ्सिर ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ अर्थात मङ्सिर ६ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन तथा लाभांश प्राप्त गर्नेछन् ।

मंसिर १५ शुक्रबार बुटवलमा लघुवित्तले साधारणसभा गर्ने जनाएको छ । लघुवित्तले यस अघिनै आ.व. २०७९/८० को लागि संस्थाको चुक्ता पूँजी ८६ करोड ९५ लाख ६८ हजार दुई सय रुपैयाँको ९.०५२६% ले हुन आउने रकम सात करोड ८७ लाख १८ हजार ८ सय पाँच रुपैयाँ बराबर हुने लाभांश वितरण गर्ने निर्णय गरेको थियो । 

प्रस्तावित लाभांशमध्ये ८.६०% का दरले हुन आउने रकम सात करोड ४७ लाख ८२ हजार ८ सय ६५ रुपैयाँ बराबरको बोनश शेयर वितरण गरिने कम्पनीले जनाएको छ । यसैगरी कम्पनीले कर प्रयोजनार्थ थप ०.४५२ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

बोनस सेयर वितरण पश्चात् हुन आउने पुँजीमा संस्थापक तथा सर्वसाधारण सेयरधनीको अनुपात ५१:४९ मिलाइने पनि कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको