Like us!
Follow us!
Connect us!
Watch us!

टी–२० खेल्ने टोलीलाई पुरस्कृत गर्ने निर्णय

अर्थ संसार

मंगलबार, २१ कार्तिक २०८०, १९ : ५८ मा प्रकाशित

टी–२० खेल्ने टोलीलाई पुरस्कृत गर्ने निर्णय

अमेरिका र वेस्ट इन्डिजले आगामी वर्ष संयुक्त रुपमा आयोजना गर्ने विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

राखेप कार्यकारी समितिका संयोजक एवं सदस्य–सचिव टङ्कलाल घिसिङको अध्यक्षतामा आज बसेको बैठकले नगद पुरस्कार प्रदान गर्ने  निर्णय गरेको हो । 

बैठकले १५ जना खेलाडी, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापकसहित १९ जनालाई नगद पुरस्कार पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

यही कात्तिक १७ गते मुलपानी क्रिकट मैदानमा भएको आइसिसी पुरुष टी–२० विश्वकपको एसिया क्षेत्र छनोट सेमिफाइन खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई आठ विकेटले पराजित गर्दै विश्वकपमा स्थान बनाएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको