Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ नेपालले अमेरिकाविरुद्ध खेल्ने टी- २० सिरिजको खेल तालिका

अर्थ संसार

मंगलबार, २९ असोज २०८१, ०८ : ५९ मा प्रकाशित

यस्तो छ नेपालले अमेरिकाविरुद्ध खेल्ने टी- २० सिरिजको खेल तालिका

नेपालले अमेरिकाविरुद्ध खेल्ने तीन खेलको टी- २० सिरिजको खेल तालिका सार्बजनिक भएको छ ।

नेपालले पहिलो खेल आगामी शुक्रबार, दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार खेल्ने भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ ।

सबै खेल नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि शुरु हुने छन् भने यी खेल अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने छ ।

यसैबीच अमेरिकाले नेपालविरुद्ध खेल्ने १५ सदस्यीय टिमको घोषणा गरेको छ ।  अमेरिकी टिममा मोनांक पटेल (कप्तान), एन्ड्रिज गौस, अभिषेक पराडकर, एरोन जोन्स, हरमित सिंह, जुआनोय ड्रिसडेल, मुहम्मद अली खान, मिलिन्द कुमार, नोस्थुषा केन्जिगे, जसदीप सिंह, सौरभ नेत्रावलकर, साइतेजा मुक्कामल्ला, शायन जहांगीर, उत्कर्ष श्रीवास्तवा र यासिर मोहम्मद रहेका छन् ।

नेपाली टिम भने क्यानडा टूर पुरा गरेर अमेरिका पुगिसकेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको