Like us!
Follow us!
Connect us!
Watch us!

घलेम्दी हाइड्रोको २००% को हकप्रद मंसिर १० गतेदेखि, उठेको रकमले अर्को प्राइभेट कम्पनीमा लगानी गर्ने !

अर्थ संसार

बुधबार, २२ कार्तिक २०८०, ०७ : ५६ मा प्रकाशित

घलेम्दी हाइड्रोको २००% को हकप्रद मंसिर १० गतेदेखि, उठेको रकमले अर्को प्राइभेट कम्पनीमा लगानी गर्ने !

घलेम्दी हाइड्रो लिमिटेडेले हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने  भएको छ।  कम्पनीले मंसिर १० गतेदेखि हकप्रद खुला आफ्ना सेयरधनीलाई खुला गर्ने भनेर एक सूचना जारी गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको हो। जसको अर्थ कम्पनीले १ कित्ता सेयर बराबर नयाँ २ कित्ता सेयर निष्काशनका लगानीकर्ता हकदार हुनेछन ।

घलेम्दी हाइड्रोले १०० रुपैयाँको दरले १ करोड १० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न आटेको हो।  अर्थात कम्पनीले हकप्रद मार्फत १ अर्ब १० करोड रुपैयाँ  उठाउने छ।  अहिले कम्पनीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ।

क-कसले भर्न पाउँछन् ?

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि कात्तिक ३ गते बुकक्लोज गरेको थियो । त्यसैले, कात्तिक २ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै हकप्रद सेयर भर्न पाउनेछन् । 

कहिलेसम्म भर्न पाइन्छ ?

मंसिर १० गतेदेखि निष्कासन गरिने उक्त हकप्रद सेयरमा पुस १ गतेसम्म आवेदन दिन पाइनेछ ।

को हो बिक्री प्रबन्धक ?

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा  मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कहाँबाट दिने आवेदन ?

कम्पनीको हकप्रदमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, घलेम्दी हाइड्रो, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक र गरिमा विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट लगानीकर्ताले आवेदन दिन सक्नेछन।  यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।  

रेटिङ्ग
हकप्रदको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको भनेर संकेत गर्दछ।

किन हकप्रद ?

कम्पनीले हकप्रदको रुपैंया मार्फत सांग्रिला उर्जा प्रालिले प्रबद्र्धित संखुवासभामा रहेको छुजुङ्ग खोला जलविद्युत आयेजनामा कम्तिमा ५१ प्रतिशत  हुने गरि सेयर हाल्ने जनाएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको