घलेम्दी हाइड्रो लिमिटेडको सेयरधनीलाई खुलाएको १ बराबर २ अनुपातमा निष्काशन गरेको हकप्रद सेयरमा ३२ लाख १७ हजार ७२४ कित्ता सेयर सेयरधनीले हालेका छैनन् । उक्त नबिकेको र अवितरित भएको हकप्रद सेयर कम्पनीले लिलाम बिक्री सेयर आज देखि खुला गरिएको छ।
कम्पनीले सर्वसाधारण समूहको ३२ लाख १७ हजार ७२४ कित्ता शेयर शिलबन्दी बोलपत्र प्रक्रिया मार्फत बिक्री गर्न माघ ९ गतेदेखि २३ गतेसम्म बोलपत्र पेश गर्न मिति तोकेको छ।
सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ।
इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सबै सेयर संख्याका लागि आवेदन दिन सक्नेछन।
कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडलाई तोकेको छ । इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दा«ङ, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस