Like us!
Follow us!
Connect us!
Watch us!

घाटामै घलेम्दी हाइड्रो, तेस्रो त्रैमाससम्म २.४६ करोडको नोक्सानी, प्रतिसेयर आम्दानी ऋणात्मक

अर्थ संसार

आइतबार, २८ बैशाख २०८२, ०८ : ०२ मा प्रकाशित

घाटामै घलेम्दी हाइड्रो, तेस्रो त्रैमाससम्म २.४६ करोडको नोक्सानी, प्रतिसेयर आम्दानी ऋणात्मक

घलेम्दी हाइड्रो लिमिटेड चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म आइपुग्दा अझै घाटामै देखिएको छ। कम्पनीले २ करोड ४६ लाख ४२ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ। यद्यपि अघिल्लो वर्षको समान अवधिको तुलनामा यो घाटा ६६.२५ प्रतिशतले घटेको हो, अझै पनि कम्पनी नाफामा फर्कन सकेको छैन। अघिल्लो आवको सोही अवधिमा कम्पनीको घाटा ७ करोड ३० लाख रुपैयाँ थियो।

विद्युत बिक्री आम्दानी बढे पनि घाटा अझै कायम

कम्पनीको विद्युत बिक्री आम्दानी ४८.५८ प्रतिशतले बढेर ८ करोड ६२ लाख रुपैयाँ पुगेको छ। यस्तै ब्याज आम्दानी २ करोड ९२ लाख सहित कम्पनीको कुल आम्दानी ११ करोड ५६ लाख रुपैयाँ पुगेको छ। आम्दानी बढेको देखिए पनि घाटाबाट मुक्त हुन नसक्नु गम्भीर संकेत हो।

खर्च कम भए पनि वित्तीय संरचना अझै कमजोर

अघिल्लो आवमा १५ करोड ८ लाख रुपैयाँ रहेको कुल खर्च घटेर १३ करोड २९ लाखमा झरेको छ। तर खर्च कटौतीले पनि घाटा पूर्ति गर्न नसकेको देखिन्छ। कम्पनीको चुक्तापूँजी १ अर्ब ६५ करोड रुपैयाँ भए तापनि रिजर्भ भने अझै २३ करोड ४१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ।

ऋणको भार उच्च

कम्पनीको दीर्घकालीन कर्जा ६९ करोड २४ लाख रुपैयाँ रहेको छ भने अल्पकालीन कर्जा पनि २७ लाख रुपैयाँ नाघिसकेको छ। यस्तो कर्जात्मक दबाब कम्पनीको वित्तीय अवस्था सुधारका लागि चुनौतीपूर्ण देखिन्छ।

प्रतिसेयर आम्दानी ऋणात्मक

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (EPS) ऋणात्मक १.४९ रुपैयाँमा सीमित छ। प्रतिसेयर नेटवर्थ ९६.८१ रुपैयाँ र मूल्य-आम्दानी अनुपात (P/E Ratio) १०२.५१ गुणा ऋणात्मक छ, जुन लगानीकर्ताका लागि गम्भीर जोखिमको सूचक हो। यस्तै, तरलता अनुपात पनि मात्र ९.२१ प्रतिशतमा सीमित रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको