Like us!
Follow us!
Connect us!
Watch us!

घलेम्दी हाइड्रो घाटाबाट फर्कियो नाफामा, सूचकहरुमा सुधार

अर्थ संसार

आइतबार, २५ कार्तिक २०८१, ०८ : ०७ मा प्रकाशित

घलेम्दी हाइड्रो घाटाबाट फर्कियो नाफामा, सूचकहरुमा सुधार

घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

जसअनुसार कम्पनीले खुद नाफामा सुधार गर्दै धनात्मक नतिजा हासिल गरेको छ।

खुद नाफा 

गत वर्षको सोही अवधिमा ३ करोड १३ लाख रुपैयाँ घाटामा रहेको कम्पनीको खुद नाफा, यस वर्षको पहिलो त्रैमासमा ७४ लाख ७४ हजार रुपैयाँ मुनाफामा परिणत भएको छ।

आम्दानी बढ्यो, खर्च घट्यो  

कम्पनीको विद्युत बिक्रीबाट प्राप्त आम्दानी २ करोड ३ लाख रुपैयाँबाट बढेर ४ करोड ६६ हजार रुपैयाँ पुगेको छ। साथै, यस त्रैमासमा कम्पनीले १ करोड १५ लाख रुपैयाँ अरु  आम्दानी पनि गरेको छ।

खर्चमा कटौती गर्दै कम्पनीले ५ करोड १७ लाख रुपैयाँको खर्चलाई घटाएर ४ करोड ४१ लाख रुपैयाँमा सीमित गरेको छ, जसले नाफामा सहयोग पुर्याएको हो।

फिक्स्ड डिपोजिट यथावत 

कम्पनीले ६५ करोड फिक्स्ड डिपोजिट राखिरहेको छ जुन गएको त्रैमासमा पनि रहेको थियो। 

शंग्रिला उर्जामा बढ्यो लगानी 

कम्पनीले शंग्रिला उर्जा कम्पनीमा आफ्नो लगानी बढाएको छ। यस अगाडीको त्रैमासमा ३२ करोड ५० लाख रहेको लगानी अहिले यो असोज मसान्तमा ४२ करोड ५० लाख लगानी भएको देखिन्छ। 

चुक्ता पूँजी
१ अर्ब ६५ करोड रुपैयाँ

जगेडा कोष
अझै १९ करोड ९४ लाख रुपैयाँ घाटामा

अरु सूचक 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको