Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको एटिएम फोड्न खोज्ने एक पक्राउ

अर्थ संसार

विहीबार, २३ कार्तिक २०८०, ०९ : २७ मा प्रकाशित

नबिल बैंकको एटिएम फोड्न खोज्ने एक पक्राउ

नबिल बैंकको एटिएम फोड्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार बिहान अन्दाजी १२ बजेर ४५ मिनेट जाँदा पोखरा-८ सभागृहचोक स्थितमा रहेको नबिल बैंकको एटिएम तोडफोड गर्दै गर्दा २० वर्षीय बबि ठाकुर पक्राउ परेका हुन् । भारतको बिहार प्रदेश मोतीहारी जिल्ला फेनरा पञ्चायत ग्राम ढांका बजार घर भई हाल पोखरा-९ नयाँबजारमा ठाकुर सैलुन पसल सञ्चालन गर्दै आएका ठाकुर एटीएमको ढोकाको लक फोडेर भित्र मेसिन तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

ठाकुरको साथबाट मेसिन फोड्न प्रयोग भएको एक थान फलामको रड, एक थान पेचकस, एक थान कपाल काट्ने कैची भाँचिएको अवस्थाको र ढुङ्गासमेत प्रहरीले बरामद गरेको छ । उनलाई चोरी उद्योग मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको