नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकको पँहुचमा तत्काल रोक लगाउन निर्देशन दिएको छ । प्राधिकरणले विज्ञप्ति जारी गरी उक्त निर्देशनको पालना नगरे कारबाही हुने चेतावनी पनि दिएको छ।
प्राधिकरणले आफ्नो आदेशको पालना गर्नु सेवा प्रदायकको कर्तव्य हुने र सेवा प्रदायकले त्यस्तो निर्देशनको पालना नगर्दा दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट कारबाही हुने उल्लेख गरेको छ ।
मन्त्रिपरिषद्को हिजोको बैठकले “सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव बिग्रने वातावरण बनेको भन्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने” निर्णय गरेको थियो ।
केही सेवा प्रदायकले सरकारी निर्णयको अवज्ञा गरेका बताउँदै तत्काल निर्देशन कार्यान्वयन गरी प्राधिकरणलाई जानकारी गराउन भनेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस