Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन रि इन्स्योरेन्स:आईपिओको मिति परिवर्तनपछि वेबसाइट चल्न छाड्यो, सेबोनको वेबसाइटमा छैन विवरणपत्र

अर्थ संसार

विहीबार, ३० कार्तिक २०८०, १६ : ४७ मा प्रकाशित

हिमालयन रि इन्स्योरेन्स:आईपिओको मिति परिवर्तनपछि वेबसाइट चल्न छाड्यो, सेबोनको वेबसाइटमा छैन विवरणपत्र

आईपिओ निष्काशनको सूचना गरेसकेको  हिमालयन रि इन्स्योरेन्स लिमिटेडको वेबसाइट केहि दिन देखि चलेको छैन । कम्पनीले आफ्ना सूचनाहरुमा उल्लेख गर्ने गरेको आफ्नो आधिकारिक वेबसाइट (https://himalayanre.com) किन के कारणबाट नचल्ने भएको हो भने जानकारी दिएको छैन। 

पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले खुलाउने तयारीमा लागेको कम्पनीले आईपिओको मुखैमा आफ्नो आधिकारिक वेबसाइट नचल्ने बनाउँदा गर्दा एक तर्फबाट कम्पनी जवाफदेही देखिएको छैन अर्को तर्फ लगानीकर्ता सूचनाको हकबाट बन्चित बनेका छन्। 

मिति परिवर्तनले लगानीकर्ता अलमलमा !

हिमालयन रिले तिहार अगाडी एक सूचना जारी गर्दै निष्काशन गर्ने भनिएको आईपिओ परिवर्तन गर्यो।  रिले यस अघि कात्तिक २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भनिएको आईपिओको मिति एकाएक परिवर्तन गर्दै  मंसिर ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भनेर मिति तोकेको छ। 

आईपीओ सार्नुको कारण नेपालीहरुको आउदै गरेको चाड तिहारलाई देखाइएको छ। तर, कार्तिक २१ गते मात्रै प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले त्यहाँ परेको उजुरीका विषय समेटेर धितोपत्र बोर्ड, बीमा प्राधिकरण र कम्पनी रजिस्ट्रारको कार्यालयलाई सात दिनभित्र जवाफ दिन पत्र लेखेको थियो । सोहि कारण पनि आईपीओको मिति परिवर्तन भएको आकलन धेरै विश्लेषकले अनुमान लगाएका छन्। यस्तो सूचनापछि यस कम्पनीमा अझै यस कम्पनीका विदेशबाट लगानीकर्ताहरु झन् दुविधामा परेका छन्। कम्पनीबारे बुझ्न खोज्दा कम्पनीको आधिकारिक वेबसाइट नचल्दा अझै लगानीकर्ताको प्रश्न माथि प्रश्न थपिएको छ। 

सेबोनको वेबसाइटमा विवरणपत्र छैन 

सामान्यत नेपाल धितोपत्र बोर्डले आईपिओ निष्काशनको सूचना निकालेपछि कम्पनीको विवरण पत्र आफ्नो आधिकारिक वेबसाइट लगानीकर्ताको जानकारीका लागि अपलोड गर्ने गरेको हुन्छ। तर आईपिओ निष्काशन मिति तय गरिसकेको  हिमालयन रि इन्स्योरेन्सको हकमा भने अझै सर्वसाधारणलाई यस कम्पनीको विवरणपत्र अपलोड गरिएको छैन। 

यसरी कम्पनीको बारेमा जानकारी लिन खोज्ने लगानीकर्तालाई यस कम्पनीको सूचना, दाता लिन हम्मेहम्मे परेको छ। अझ कम्पनीमा सर्वसाधारणलाई प्रवेश गराउन आवहान नै गरेपछि कम्पनीको सूचना पब्लिकमा पुर्याउने कम्पनीको जिम्मेवारी पनि हुन्छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको