Like us!
Follow us!
Connect us!
Watch us!

श्वेत गङ्गा हाइड्रोले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

अर्थ संसार

मंगलबार, ०५ मंसिर २०८०, १३ : ४५ मा प्रकाशित

श्वेत गङ्गा हाइड्रोले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

श्वेत गङ्गा हाइड्रोले कम्पनीको वार्षिक साधारणसभा प्रयोजनार्थ बुक क्लोज मिति तय गरेको छ ।

मङ्सिर २४ गते बसेको सञ्चालक समितिको बैठकले मङ्सिर २६ गते काठमाडौंको चण्डोलस्थित कुण्डलिनि दरबार बैंक्वेटमा बस्ने गरि ७ औं साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा सातौं वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित आर्थिक प्रतिवेदनहरु पारित गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

कम्पनीले लगानीकर्तालाई भने कुनै पनि लाभांश नबाँड्ने भएको छ । साधारणसभा प्रयोजनार्थ कम्पनीले मङ्सिर १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । अर्थात मङ्सिर १४ सम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको