चोभार सुख्खा बन्दरगाहको सञ्चालन अब निजी क्षेत्रले गर्ने भएको छ ।
बन्दरगाह सञ्चालनको ठेक्का निजी क्षेत्रको ट्रान्स नेपाल फ्रेट सर्भिस जेभी विराटनगरले पाएको हो । जेभीले सरकारसँग पाँच वर्षका लागि कुल २ करोड ८८ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको हो । चोभार बन्दरगाह सञ्चालनका लागि गत साउन महिनामै बोलपत्र आह्वान गरिएको थियो ।
२०७८ सालको चैत महिनादेखि सञ्चालनमा आएको चोभार सुख्खा बन्दरगाह विश्व बैंकको एक अर्ब ५४ करोड ऋण सहयोगमा निर्माण भएको हो । बन्दरगाहमा एकैपटक ५ सय कन्टेनर र ५ सय ट्रक अटाउन सक्दछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस